अर्थमन्त्रीले भने : अदालतबाट कर तिर्ने गरी फैसला आएको कहिल्यै थाहा छैन, कता जान्छ-जान्छ

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले अदालत पुग्ने कुनै पनि करको मुद्दा सरकारले नजित्ने गरेको भन्दै आन्तरिक राजश्व विभागका अधिकारीलाई सोधे' परेको उजुरी फरफारख नगरी अदालत पठाउनुको कारण के हो ?'
उनले अदालतबाट कहिल्यै पनि कर तिर्ने गरी आएको थाहै नभएको भन्दै भने'त्यो कता जान्छ जान्छ।'
बुधबार दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रममा बोल्दै उनले करका फाइल कति छन्, पुनरावलोकनका लागि आएको कति दिनमा चिठी काट्ने गरेको छ अनि कति मुद्दा दायर गरेर कति कर उठ्यो सबै सार्वजनिक गर्न सार्वजनिक कार्यक्रममै विभागका अधिकारीलाई निर्देशन दिएका थिए।
उनले कार्यक्रममा कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने समेत बताएका थिए। उनले करदाताको गुनासो सुन्न एउटा इकाइनै बनाउनुपर्ने देखिएको भन्दै झगडिया झिकाउन संयन्त्र बनाउने र त्यहाँ करदाताले आफ्नो गुनासो राख्न पाउने बताए।
उनले राजश्व चुहावट भएको सूचना दिनेलाई समेत पुरस्कृत नगरिएको गुनासो आएको बताउँदै सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न समेत निर्देशन दिएका थिए।
सूचना दिनेलाई पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित भएको र त्यसले कर सङ्कलनमा असर परेको उनको तर्क थियो।
मंसिर १, २०७८ बुधबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।