बुधवारको सेयर बजार : नेपाल दूरसञ्चारका लगानीकर्ताले कमाए, बोटलर्सकाले गुमाए

बुधवारको सेयर बजार : नेपाल दूरसञ्चारका लगानीकर्ताले कमाए, बोटलर्सकाले गुमाए

काठमाडौँ : बुधबार नेप्से सूचक १७ अङ्कले बढेर २८०० विन्दुमाथि पुग्दा नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै ५८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसै गरी महालक्ष्मी विकास बैङ्कको ३८ करोड ५५ लाख, एसियन लाइफ इन्स्योरेन्सको ३३ करोड ६६ लाख र नेशनल हाइड्रोपावरको २६ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

बुधबार ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोसी सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। मानुषी लघुवित्त र तेह्रथुम पावरको ९.९९ प्रतिशत, नेपाल बङ्गलादेश बैङ्कको ९.९८ प्रतिशत र मैलुङ खोला जलविद्युतको ९.५१ प्रतिशतले बढेको छ।

बोटलर्सको घट्यो

बोटलर्स नेपाल (तराई) को शेयर मूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेको छ। महालक्ष्मी विकास बैङ्कको ७.४१ प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्सको ४.१३ प्रतिशत र गुह्येश्वरी मर्चेण्ट बैंकिङ्ग एन्ड फाइनान्सको ३.३८ प्रतिशतले मूल्य घटेको छ।

बुधबार नेप्से सूचक १६.९५ विन्दुले बढेर २८०१.५२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ३.९८ विन्दुले बढेको छ। २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिद बिक्री भएको छ। बुधबार कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ। बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

मंसिर १, २०७८ बुधबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।