बरुण हाइड्रोको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वरुण हाइड्रोपावर कम्पनीको नाफा बढेको देखिएको छ। प्रकाशित वित्तीय विवरण अनुसार उसले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले चालु आर्थिक वर्षको त्यही अवधिमा ९९ लाख ६४ हजार रुपैयाँ नाफा गरेको छ।
विद्युत् बिक्रीमार्फत हुने आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८९ लाख ९० हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बिद्युत् बिक्री गरेर ३ करोड २४ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ।
हाल २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५९ पैसा छ। विवरण अनुसार उसको मूल्य आम्दानी अनुपात २५.०४ गुणा छ।
मंसिर १, २०७८ बुधबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।