नेप्से झन्डै १७ अङ्कले बढ्यो, कारोबार ७ अर्ब

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार परिसूचक झन्डै १७ अङ्कले बढेको छ।
बुधबार नेप्से १६.९५ अङ्कले बढेर परिसूचक २८०१.५२ बिन्दुमा कायम भएको छ।
२२४ कम्पनीका १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ।
१३ मध्ये अन्य उपसमूह १०५.२८ अङ्कले बढेको छ। उत्पादन मूलक उपसमूह सबै भन्दा धेरै १००.६ अङ्कले घटेको छ।
जलविद्युत ७१.९८, होटेल तथा पर्यटन ५१.५२, फाइनान्स ३२.४२ र व्यापार उपसमूह २५.६४ अङ्कले बढेको छ।
यस्तै जीवन बिमा ८४.७१, विकास बैङ्क ७५.७९ र निर्जीवन बिमा उपसमूह ६.२३ अङ्कले घटेको छ।
मंसिर १, २०७८ बुधबार १५:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।