एमालेलाई मुख्यमन्त्री राईको जवाफ : हामीलाई सिकाएको सुहाएन 

एमालेलाई मुख्यमन्त्री राईको जवाफ : हामीलाई सिकाएको सुहाएन 

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले हतार गरेका कारण प्रतिपक्षी दलले उपस्थित हुन सकिनँ भन्ने कुरा नसुहाएको बताएका छन्।

एमाले सांसद हिक्मत कार्कीको विश्वासको मत लिन के को हतार? भन्ने प्रश्नको जवाफ दिँदै विश्वासको मत लिन हतार गर्नुपर्ने संवैधानिक व्यवस्था भएको बताए।

‘मुख्यमन्त्रीले विश्वासको मत लिन चाहन्छ,त्यहीले नै विश्वासको मत लिन सकिने संवैधानिक व्यवस्था छ,’उनले भने,‘आफ्नो पार्टी चलाउने ढङ्ग नपुगेर आज यो अवस्थामा झर्नु परेको छ, प्रतिपक्षले हामीलाई सरकार चलाउन सिकाएको अलि सुहाएन।’

मुख्यमन्त्री राईले विश्वासको मत नलिएसम्म ठुला काम गर्न नचाहेको बताए। उनले भने,‘त्यसैले छिटोभन्दा छिटो विश्वासको मत लिन चाहन्छौँ।’

एमालेले गरेको चुनावको रहर पूरा हुने उनले बताए। ‘तर कसैलाई रहर लाग्यो भन्दैमा जुन दिन भन्यो त्यही दिन चुनाव गर्ने भन्ने हुँदैन,’ मुख्यमन्त्री राईले भने, ‘तपाईँहरूका रहर त सानातिना चुनावले पूरा गरेकै छ। विधि विधान र नियम कानुन अनुसार ठुला ठुला चुनावको रहर पनि त अवश्य हुन्छ।’

मंसिर १, २०७८ बुधबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।