अन्तर्राष्ट्रिय बक्सिङ सङ्घका अध्यक्ष उमार काठमाडौँमा

काठमाडौँ : अन्तर्राष्ट्रिय बक्सिङ सङ्घका अध्यक्ष उमार क्रेम्लेभ आज बुधबार नेपाल आइपुगेका छन्।
उमार नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा नेपाल आइपुगेका हुन्। रुसी नागरिक उमारसहितको ८ सदस्यीय टोली २ दिनको लागि नेपाल आएको हो।
भ्रमणका क्रममा उमारले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता हेर्ने कार्यक्रम छ।
उनी भोलि बिहीबार स्वदेश फर्कनेछन्। विमानस्थलमा उमारले आफू नेपाली बक्सिङलाई नजिकबाट नियाल्दै खेलको विकासमा सहयोग गर्न आएको बताए।
मंसिर १, २०७८ बुधबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।