प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा बैठकमा पेस गर्ने तयारी गरेका छन्।
राईले मंगलबार नै विश्वासको मत लिने प्रस्ताव पेस गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो।
मंगलबार स्थगित प्रदेश सभाको बैठक आज बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।
पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकाले मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न सहज छ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश सभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ।
मंसिर १, २०७८ बुधबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।