क्रिकेट प्रशिक्षक छान्न क्यानले बनायो समिति

क्रिकेट प्रशिक्षक छान्न क्यानले बनायो समिति

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक छनौट गर्न समिति गठन गरेको छ। मङ्गलवार बसेको बोर्ड बैठकले सङ्घको वार्षिक साधारण सभा पुस १४ र १५ गते गर्ने निर्णयसँगै प्रशिक्षक छान्न समिति गठन गरेको हो।

मङ्गलवार भर्चुअल माध्यमबाट बैठक बसेको थियो। बैठकले प्रशिक्षक छान्न कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशन सिंह, महाप्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर विनोद दास र आइसिसीका एक जना प्रतिनिधि रहेको समिति गठन गरेको हो।

प्रशिक्षक रहेका डेभ ह्वाटमोरले राजीनामा दिएयता नेपाली क्रिकेट टिम प्रशिक्षकविहीन छ।

यसै गरी बैठकले धनगढीमा पुस दोस्रो साता साधारण सभा गर्ने, आर्थिक कार्यविधि, प्रधानमन्त्री कप क्रिकेट लगायतको विषयमा निर्णय गरेको क्यानको विज्ञप्तिमा उल्लेख छ।

बैठकले ४ वर्षे कार्यकाल समाप्त भएका र हुने जिल्लाले माघ ७ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन समेत दिएको छ।

कात्तिक ३०, २०७८ मंगलबार २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।