नेपाली महिला टोलीले कतारलाई ११९ रनको फराकिलो अन्तरले हरायो

काठमाडौँ : नेपाली राष्ट्रिय महिला टोलीले पहिलो टी-२० अन्ताराष्ट्रिय क्रिकेटमा कतारलाई हराएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा सबै विकेट गुमाएर २७ रन मात्रै जोडेर अलआउट भयो।
नेपालले कतारलाई ११९ रनको फराकिलो अन्तरले हराएको हो।
नेपालका लागि १ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् भने सीता राना मगर र कविता कुँवरले २ २ विकेट लिए। करुण भण्डारीले एक विकेट लिइन्।
आइसिसी विश्वकपको एसिया छनोटको तयारी स्वरूप कतारमा पहिलो टी-२० शृङ्खला खेलिरहेको नेपालले घरेलु टोलीविरुद्ध बुधबार र बिहीबार अझै दुई खेल खेल्नेछ। मङ्सिर ३ गते नेपाली टोली छनोट खेलका लागि युएई जानेछ।
कात्तिक ३०, २०७८ मंगलबार २०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।