वडा अध्यक्षहरूले बहिष्कार गरे टोखा नगरपालिकाको कार्यक्रम

राजनीतिक पूर्वाग्रहका आधारमा नगरभित्रका राजनीतिक दललाई निषेध गरेर कार्यक्रम तय गरेको भन्दै उनीहरूले कार्यक्रम बहिष्कार गरेका थिए। नेपाली काँग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले आगामी निर्वाचनलाई प्रभावित गर्ने मनसायले कार्यक्रम राखिएकाले कार्यक्रम बहिष्कार गरेको बताए।
नगरको कोषलाई मनपरी ढङ्गले भोजभतेरमा खर्च गरिएको उनीहरूको आरोप छ। ११ वडा रहेको टोखामा छलफलबिना नै कार्यक्रम आयोजना गरिएको भन्दै वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का सिंहराज श्रेष्ठ, वडा नं ६ का महेश्वर केसी, वडा नं ८ का केशवबहादुर खत्री, वडा नं ९ का जोगप्रसाद नेपाल र वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारीले कार्यक्रम बहिष्कार गरे।
कात्तिक ३०, २०७८ मंगलबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।