इजरायल जान रोकिएकाको अवरोध हटाउन श्रम मन्त्रीले इजरायली राजदूतलाई आग्रह गरे

इजरायल जान रोकिएकाको अवरोध हटाउन श्रम मन्त्रीले इजरायली राजदूतलाई आग्रह गरे

मंगलबार मन्त्रालयमा भएको भेटमा उनले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद दिएका थिए।

केयर गिरमा इजरायल जानका लागि भाषा पास गरेर पनि अझैँ ४ सय २५ जना जान पाएका छैनन्। मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेसागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरेका थिए।

श्रेष्ठले इजरायल गएर कृषि क्षेत्रमा काम गरी फर्किएका नेपालीले नेपालको कृषि क्षेत्रमा लगानी गरी व्यवसायी कृषि पेसा गर्दै आइरहेको बताएका थिए। उनले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा सहयोग पुर्याएको बताएका थिए।

राजदूत गोदरले भविष्यमा अन्य पेसागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताएका थिए।  इजरायल नेपाली कामदारहरूको लागि आकर्षक गन्तव्य मुलुकको रूपमा रहँदै आएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन्। 

 

कात्तिक ३०, २०७८ मंगलबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।