महालेखाको प्रतिवेदन : राजश्व लक्ष्य भन्दा झन्डै २ खर्ब कम सङ्कलन

महालेखाको प्रतिवेदन : राजश्व लक्ष्य भन्दा झन्डै २ खर्ब कम सङ्कलन

अर्थ मन्त्रालयका अनुसार १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजश्व सङ्कलन गर्ने लक्ष राखेकोमा ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ राजश्व सङ्कलन भएको हो।

महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेस गरेको आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन अनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात् ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ। 

यस्तै आर्थिक वर्ष २०७७/७८ को कुल खर्चमा नेपाल सरकारको श्रोतबाट ८२ दशमलव ३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत वैदेशिक स्रोतबाट व्यहोरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

वैदेशिक स्रोतमा अनुदानको हिस्सा ३ दशमलव ४ प्रतिशत र ऋणको हिस्सा १४ दशमलव ६४ प्रतिशत रहेको छ।

सङ्घीय सरकारको सञ्चित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख भुक्तानी भई चालु कोषको अवस्था १ खर्ब ७ अर्ब १६ करोड ५४ लाखले धनात्मक रहेको महालेखाले बझाएको प्रतिवेदनमा उल्लेख छ।  

प्रतिवेदन लिँदै अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजश्व सङ्कलन र बेरुजु फछ्यौटमा देखिएका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान गएको बताए। 

कात्तिक ३०, २०७८ मंगलबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।