अन्तःशुल्कको नक्कली स्टिकर टाँसेको भन्दै एभरेस्ट र कृष्टलका १२ जना विरुद्ध मुद्दा

उनीहरूले अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेर पाँच करोड ५६ लाख राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो।
उनीहरूले भन्सार छलेर ल्याएको अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेर उत्पादित मदिरा बजारमा पठाएर राजश्व छलेको विभागको ठहर छ। विभागले उनीहरूको नाममा जारी भएको अन्तःशुल्कको नम्बरसँग मिल्ने नक्कली स्टिकरहरू बरामद भएको दाबी गरेको छ।
उनीहरूको साथमा भन्सार जाँच पास भएको भन्दा बढी माल वस्तु भेटिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विभागले दुवै प्रालीका सञ्चालक र नक्कली अन्त शुल्क स्टिकर पैठारीमा संलग्न देखिएका १२ जनालाई प्रतिवादी बनाएको छ।
विभागले कृष्टलका सञ्चालक फुलसिंह क्षेत्री, प्रदीप क्षेत्री, एभरेस्टका सञ्चालक मृगेन्द्र गोविन्द, प्रतिभा श्रेष्ठ, प्रविन्द्र गोविन्द श्रेष्ठ, रुपन्देहीका अमानत अलि, विनय कशौधन, सर्लाहीका हरिप्रसाद पौडेल, नुवाकोटका कुलबहादुर पण्डित र रुपन्देहीको कृष्टल र एभरेस्ट प्रालीलाई प्रतिवादी बनाएको छ।
कात्तिक ३०, २०७८ मंगलबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।