प्रदेश २ का उद्योग मन्त्री पदमुक्त

एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले यादवलाई राजिनामा दिन भने पनि उनले अटेर गरेपछि पदमुक्त गराएका हुन्। प्रदेश प्रमुखको कार्यालयले उनी पदमुक्त भएको सूचना सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता होमप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री राउतको सिफारिसको आधारमा यादवलाई पदमुक्त गरी मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई तोकेको उल्लेख छ।
कात्तिक ३०, २०७८ मंगलबार १७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।