प्रदेश २ का मन्त्री रामनरेश बर्खास्तमा परे

प्रदेश २ का मन्त्री रामनरेश बर्खास्तमा परे

सत्ता गठबन्धन दलमध्येको एकीकृत समाजवादीलाई प्रदेश २ मा सहभागी गराउन मुख्यमन्त्री राउतले रायलाई राजीनामा दिन सुझाव दिएका थिए। राजीनामा मागिएपछि रिसाएका रायले भ्रष्टाचारमा छानबिन भइरहेका मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै राउतमाथि हमला बोलेका थिए।

निर्देशन अटेर गर्ने र उल्टो आफ्नै आलोचना गरेपछि राउतले उनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन्। उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ। पत्रमा नेपालको संविधानको धारा १६९ को उपधारा ३ अनुसार उनलाई पदमुक्त गरिएको उल्लेख छ।

जनता समाजवादी पार्टीमा विभाजनसँगै महन्थ ठाकुर समूहमा रहेका उनी मन्त्रिपद जोगाउनै उपेन्द्र यादव समूहमा लागेका थिए।

कात्तिक ३०, २०७८ मंगलबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।