नेप्सेमा हरियाली, परिसूचक ६९ अङ्कले बढ्यो 

नेप्सेमा हरियाली, परिसूचक ६९ अङ्कले बढ्यो 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार ६९.२२ अङ्कले बढेको छ।

नेप्से परिसूचक २७८४.५७ बिन्दुमा कायम भएको स्टक एक्सचेन्जले जनाएको छ। 

२२७ कम्पनीका १ करोड ९३ हजार २२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५७ रुपैयाँको कारोबार भएको छ। 

१३ वटै उपसमूहमा हरियाली छाएको छ। सबैभन्दा धेरै जीवन बिमा उपसमूह २७०.६१ अङ्कले बढेको छ।

निर्जीवन बिमा १८८.२४, जलविद्युत १६४.२, अन्य १११.७६ र विकास बैङ्क उपसमूह १११.२४ अङ्कले बढेको छ। सबैभन्दा कम म्युचुअल फन्ड ०.१३ अङ्कले बढेको छ। 

कात्तिक ३०, २०७८ मंगलबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।