प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्, एक मिनेटमै स्थगित भयो प्रदेश सभा बैठक

इटहरी : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन पाएनन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि प्रदेश सभा बैठक स्थगित भयो।
दिउँसो १२ बजे बोलाइएको प्रदेश सभा बैठक २:३० मा सुरु भए पनि एक मिनेटमै स्थगित भएको हो। सभामुख प्रदीप कुमार भण्डारीले प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएको कारण बैठक स्थगित गरेको जानकारी गराए।
सभामुख भण्डारीले बुधवार ११:३० बजे पुनः बैठक बस्ने गरी बैठक स्थगित भएको बताएका थिए।
एकीकृत समाजवादीका सांसद राइको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन भएपछि मङ्गलवार सरकारमाथिको विश्वासको मत लिने कार्यतालिका तोकिएको थियो। एमालेका तर्फबाट मुख्यमन्त्री बनेका भीम आचार्यले राजीनामा दिएपछि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा राई मुख्यमन्त्री बनेका थिए।
कात्तिक ३०, २०७८ मंगलबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।