सुनको मूल्यमा प्रतितोला ५०० ले वृद्धि

काठमाडाैंः नेपाली बजारमा आज सुनकाे मूल्य प्रतिताेला पाँच सय रुपैयाँले वृद्धि भएकाे छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रहेको छ।
त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धि भएर एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो।
कात्तिक ३०, २०७८ मंगलबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।