इंग्ल्याण्ड विश्वकप २०२२ मा छनाेट, ह्यारी केनले गरे ४ गाेल

इंग्ल्याण्ड विश्वकप २०२२ मा छनाेट, ह्यारी केनले गरे ४ गाेल

काठमाडाैंः कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा इंग्ल्याण्ड छनाेट भएकाे छ। गए राति भएकाे सान मारिनाेविरुद्धकाे खेलमा जित हासिल गरेसँगै इंग्ल्याण्ड विश्वकपमा छनाेट भएकाे हाे। 

१० खेलाडीमा सिमित भएकाे सान मारिनोलाई इंग्ल्याण्डले १०-० गोलअन्तरले पराजित गरेकाे हाे। इंग्ल्याण्डकाे जितमा कप्तान ह्यारी केनले ह्याट्रिकसहित ४ गाेल गरे। यस्तै ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले पनि समान एक/एक गोल गरे।

सान मारिनोका फिलिप्पो फाब्रीले आत्मघाती गोल गर्दै इंग्ल्याण्डकाे खातामा गाेल चढाए।

समूह 'आई'मा रहेकाे इंग्ल्याण्ड समूहमा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनाेट भएकाे हाे।

कात्तिक ३०, २०७८ मंगलबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।