बुटवलमा विप्लवकाे बन्द: सडकमा बन्दकर्ता छैनन्, प्रहरी मात्रै

बुटवलमा विप्लवकाे बन्द: सडकमा बन्दकर्ता छैनन्, प्रहरी मात्रै

रुपन्देहीः पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बुटवलमा सामान्य असर देखापरेकाे छ। सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाएको विरोधमा नेकपाले बन्द आह्वान गरेको थियाे।

बुटवलमा बन्दाे असर भने यातायात क्षेत्रमा देखिएकाे छ। बुटवलका सबैजसो सडकहरू हाल सुनसान छन्। निजि सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् भने सार्वजनिक कुनै सवारी साधन चलेका छैनन्।

छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधनहरू चल्न सकेका छैनन्। बसपार्कमा बसहरू पनि न्यून मात्रामा रहेका छन्। चोक चोकमा सुरक्षाकर्मी भने परिचालन गरिएको छ। तथापि बन्दकर्ताहरू भने सडकमा देखिएका छैनन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन पूर्ण व्यवस्थापन भइरहेको जानकारी दिए। यता अत्यवश्यक वस्तु मानिएका पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग राखिएकाले जनताले बन्द सफल पार्ने पार्टीले बताएको छ।

जनताका मागकै आधारमा बन्द आव्हन गरिएको नेकपाले जनाएको छ।

कात्तिक ३०, २०७८ मंगलबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।