भारतीय क्रिकेटर हार्दिक पाण्ड्याकाे ८ कराेडकाे घडी भन्सार विभागद्वारा जफत

भारतीय क्रिकेटर हार्दिक पाण्ड्याकाे ८ कराेडकाे घडी भन्सार विभागद्वारा जफत

एजेन्सीः भारतीय क्रिकेट टीमका अलराउण्डर हार्दिक पाण्ड्याकाे ८ कराेडकाे घडी भन्सार विभागले जफत गरेकाे छ। उनीसँग ८ कराेड रुपैयाँ बराबरकाे दुई वटा घडी थिए।

भारतकाे भन्सार विभागका अनुसार हार्दिकसँग यी घडीकाे बिल थिएन। यस्तै उनले यी घडीलाई आफ्नाे सामानमा पनि किटान गरेका थिए।

आईसीसी टी ट्वेन्टी विश्वकपमा सुपर १२ बाटै बाहिरिएपछि हाल भारतीय टोली स्वदेश फर्किसकेकाे छ। हार्दिक पनि आइतबार राति टोलीसँगै फर्किएका थिए। तर भन्सार विभागले उनलाई राेकेर दुई वटै घडीलाई जफत गरेकाे हाे।

कात्तिक ३०, २०७८ मंगलबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।