अब तीन वर्षदेखि खुद नोक्सानीमा रहेका संस्थालाई प्रवाहित कर्जा सुक्ष्म निगरानीमा पर्ने

अब तीन वर्षदेखि खुद नोक्सानीमा रहेका संस्थालाई प्रवाहित कर्जा सुक्ष्म निगरानीमा पर्ने

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका लागि एकीकृत  निर्देशन २०७८ जारी गरेको छ। बैङ्कले सोमबार एकीकृत निर्देशन जारी गरेको हो।

एकीकृत निर्देशनमा २२ वटा अनुसूचीहरू छन्। बोल्ड अक्षर गरिएका बुँदाहरू २०७७ को निर्देशनमा गरिएको संशोधन वा थप हो। निर्देशिकामा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले पुँजीकोषको विवरण प्रत्येक महिनाको मसान्तको वित्तीय विवरणका आधारमा तोकिएको ढाँचामा तयार गरी आन्तरिक लेखापरीक्षकबाट प्रमाणित गराई यस बैंकको रिपोर्टिङ पोर्टल मार्फत प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र पठाई सक्नु पर्ने उल्लेख छ।

निर्देशिका अनुसार १ महिनादेखि तीन महिनासम्म भाखा नाघेका कर्जा÷सापट, एक महिना भित्र नविकरण नभएका वा अस्थायी रुपमा बढीमा ९० दिनसम्म भुक्तानी अवधि बढाईएका अल्पकालीन वा चालुपुँजी कर्जा, अन्य कुनै पनि बैंक वा वित्तीय संस्थामा निष्कृय कर्जामा वर्गीकरण भएको ऋणीलाई प्रवाहित कर्जा र साँवा र ब्याज नियमित रुपमा भुक्तानी भएतापनि लगातार तीन वर्षदेखि खुद नोक्सानीमा रहेका वा नेटवर्थ ऋणात्मक भएका फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जा अब सुक्ष्म  निगरानीमा पर्ने छन्।

२ अर्ब वा सो भन्दा बढी रकमका सह–वित्तीयकरण कर्जामा परिणत नभएका बहुबैंकिङ्ग कर्जालाई समेत निर्देशन अनुसार सूक्ष्म निगरानीमा पर्नेछ।

एकीकृत निर्देशन अनुसार पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष व्यतीत नभएका संस्थाहरू, विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरू, र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरूको सेयर धितोमा कर्जा प्रवाह गर्न पाइँदैन।

कात्तिक २९, २०७८ सोमबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।