कांग्रेस महाधिवेशन: कैलालीका वडामा सकियो, भोलि पालिकामा हुने

कांग्रेस महाधिवेशन: कैलालीका वडामा सकियो, भोलि पालिकामा हुने

जिल्लाका १३ स्थानीय तहका एक सय २६ वडामा प्रतिनिधि छनोट गरिएको छ। ९१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो भने बाँकी ३१ वडाका लागि मतदान भएको थियो। आइतबार राति गोदावरी नगरपालिका-६ र टीकापुर नगरपालिका-१ नम्बर वडामा मतगणना सकिएको थियो।

‘जिल्लाभर शान्तिपूर्णरूपमा वडा अधिवेशन सकिएको छ, हामीले क्षेत्रीय प्रतिनिधि पनि छनोट गरिसकेका छौं’, कांग्रेस कैलाली प्रचार प्रसार सञ्योजक नृप सुनारले भने, ‘वर्दगोरीया गाउँपालिका वडा नम्बर २ मा मतपत्र च्यातिएपछि विवाद भएको थियो तर हामीले गनिएको मतका आधारमा विजेता घोषणा गरिसकेका छौं। अन्य स्थानमा विरोध तथा नकारात्मक गतिविधि भएका छैनन्।'

उनले दुई हजार ५ सयभन्दा बढी क्षेत्रीय प्रतिनिधि छनोट गरेकाे पनि बताए। 

क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन आज सकिएकाे हाे।

३० गते जिल्लामा पालिका अधिवेशन, मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, मङ्सिर ६ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन र मङ्सिर १० गते जिल्ला अधिवेशन गर्ने तालिका छ।

कात्तिक २९, २०७८ सोमबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।