अष्ट्रियामा खाेप नलगाउनेलाई लकडाउन !

अष्ट्रियाका सरकार प्रमुख अलेक्ज्यान्डर सालेनबर्गले भने, 'हामीले गम्भीरताका साथ लिएका छाैं, दुर्भाग्यवश याे कदम जरुरी थियाे।'
खाेप नलगाएका जनसङ्ख्याले अब खाद्यान्न किन्नबाहेक अन्य काममा घरबाहिर निस्कन पाउने छैनन्। अष्ट्रियामा झण्डै ६५ प्रतिशत जनसङ्ख्याले खाेपकाे दुवै मात्रा लगाएका छन्। याे भनेकाे पश्चिमी युराेपकाे सबैभन्दा कम खाेप लगाएकाे दर हाे।
यहीबीच अष्ट्रियामा प्रति एक लाखमा ८०० जना सङ्क्रमित भएका छन्। याे युराेपकै सबैभन्दा उच्च सङ्क्रमणदर हाे। अष्ट्रियामा आगामी १० दिनसम्म याे नियम लागू हुने जनाइएकाे छ।
हाल अष्ट्रियासहित समग्र युराेपमा काेराेना भाइरसकाे सङ्क्रमण बढ्दाे छ।
कात्तिक २९, २०७८ सोमबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।