पुसमा कोरियन भाषा परीक्षा हुने

काठमाडौँ : दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीमा जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुसमा हुने भएको छ।
भाषा परीक्षाका लागि वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएको छ। सहमति अनुसार विभाग अन्तर्गतको ईपीएस शाखा ग्वार्काेले पुस १ गतेदेखि ७ सम्म भाषा परीक्षा लिने तयारी गरेको छ। परीक्षा कम्प्युटरमा आधारित हुनेछ।
गत वर्ष कोभिडका कारण भाषा परीक्षा हुन सकेको थिएन। सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २१५ जना युवा सहभागी भएकोमा १२ हजार ९ जना उत्तीर्ण भएका थिए।
उत्तीर्ण भएका मध्येबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइए पनि उनीहरू जान पाएका छैनन्। दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।
कात्तिक २९, २०७८ सोमबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।