न्युजिल्याण्डलाई हराउँदै अष्ट्रेलिया बन्यो विश्व विजेता

काठमाडाैंः अष्ट्रेलियाले टी ट्वेन्टी विश्वकपकाे उपाधि जितेकाे छ। गए राति सम्पन्न न्युजिल्याण्डविरुद्धकाे खेलमा अष्ट्रेलियाले ८ विकेटकाे जित हासिल गरेकाे हाे।
पाँच पटक एकदिवसीय विश्वकप जितेकाे अष्ट्रेलिया हालसम्म टी ट्वेन्टी विश्वकपमा भने उपाधिविहीन थियाे। योसँगै अष्ट्रेलियाले टी ट्वेन्टीमा पनि आफ्नाे दबदबा कायम राखेकाे छ।
टस जितेर पहिले बलिङ राेजेकाे अष्ट्रेलियाले न्युजिल्याण्डलाई २० ओभरमा १७२ रनमै समेटेकाे थियाे। जवाफी ब्याटिङमा उत्रिएकाे अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ विकेटकाे क्षतिमा लक्ष्य भेटायाे।
अष्ट्रेलियाकाे जितमा डेभिड वार्नरले ३८ बलमा ५३ रनकाे पारी खेले। प्रतियाेगिताभर फर्ममा रहेका वार्नर याे विश्वकपकै उत्कृष्ट खेलाडी पनि चुनिए। यस्तै मिचेल मार्सले ५० बलमा ७७ रनकाे विस्फोटक पारी खेलेपछि न्युजिल्याण्डले दिएकाे लक्ष्य अष्ट्रेलियाले सहजै भेटायाे। मार्स फाइनलमा उत्कृष्ट खेलाडी पनि घोषित भए।
यता बलिङतर्फ अष्ट्रेलियाका जस हेजलवुडले ३ विकेट लिए। एडम ज्याम्पाले १ विकेट लिए। न्युजिल्याण्डका लागि ट्रेन्ट वाेल्टले २ विकेट लिए। अरू बलरले विकेट लिनै सकेनन्।
जितपछि अष्ट्रेलियाका कप्तान आराेन फिन्चले याे जित निकै ठूलाे भएकाे बताएका थिए। उनले डेभिड वार्नर, मिचेल मार्स, म्याथ्यु वेडलगायतका टीमसदस्यकाे तारिफ गरेका थिए।
न्युजिल्याण्डका कप्तान केन विलियमसनले भने अष्ट्रेलियाले उत्कृष्ट खेलेकाे र कठिन टार्गेट पनि भेटाएकाे भन्दै तारिफ गरेका थिए।
कात्तिक २९, २०७८ सोमबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।