एशियाली छनाेट तयारीका लागि नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

एशियाली छनाेट तयारीका लागि नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडाैंः आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ। नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–२० सिरिज खेल्नेछन्।

त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछ।

छनोट खेल भने आगामी मङ्सिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ। छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भइसकेको छ।

नेपाली टोलीमा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। 

त्यस्तै सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ। 

महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले युएइसँगै भुटान, हङकङ, कुवेत र मलेसियासँग खेल्नेछ।

कात्तिक २८, २०७८ आइतबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।