उच्च अदालत बुटवलमा पनि प्रधानन्यायाधीशकाे राजीनामा माग्दै विराेध प्रदर्शन

बुटवलः उच्च अदालत बुटवलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आइतबार कानून व्यवसायीले धर्ना दिएका छन्। उच्च अदालत बार एसोसिएसन बुटवलले अदालत परिसरमा विरोध प्रदर्शन गरेकाे हो।
न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध नेपाल बार एसोसियसनको अभियानअन्तर्गत ‘न्यायापालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश जबरा राजीनामा देउ’ भन्दै बारले विराेध गरेकाे हाे।
हातमा कालोपट्टीसहितको विरोध कार्यक्रममा कानून व्यवसायीले तत्काल राणाले राजीनामा दिनुपर्ने बताए। बिहान १० बजे देखि ११ बजेसम्म विरोध प्रदर्शन गरिएको बुटवल बारका अध्यक्ष जोग बहादुर केसीले बताए।
कात्तिक २८, २०७८ आइतबार १३:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।