सुनको मूल्यमा आज दुई सय रुपैयाँले वृद्धि

काठमाडाैंः नेपाली बजारमा आज सुनकाे मूल्यमा दुई सय रुपैयाँले वृद्धि भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९४ हजार ६०० कायम भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनकाे मूल्य प्रतिताेला ९४ हजार १०० कायम भएकाे छ। शुक्रबार तेजाबी सुन ९३ हजार ९०० तोकिएको थियो।
यस्तै आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि भएकाे छ। आज चाँदी प्रतिताेला एक हजार २९५ कायम भएको छ।
कात्तिक २८, २०७८ आइतबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।