दिल्लीमा प्रदुषणका कारण लकडाउन, विद्यालय एक साता बन्द

एजेन्सीः भारतकाे राजधानी दिल्लीकाे हावामा प्रदुषणकाे मात्रा अत्याधिक भएपछि आंशिक लकडाउन गरिएकाे छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि सबै विद्यालय बन्द गर्ने घाेषणा गरेका छन्।
आज दिल्लीकाे एयर क्वालिटी इन्डेक्स ३८६ रहेकाे छ। याे हिजाे र अस्तिकाे तुलनामा कम भए पनि खराब वायुकै श्रेणीमा पर्ने भएकाले विद्यालयलगायतका संवेदनशील क्षेत्रलाई बन्द गरिएकाे हाे।
यस्तै सबै सरकारी कर्मचारीलाई 'वर्क फ्रम हाेम'का लागि प्रेरित गरिएकाे छ। सबै प्रकारकाे निर्माण कार्य पनि हाललाई बन्द गरिएकाे छ।
यता भारतकाे सर्वाेच्च न्यायालयले पनि अवस्था तनावपूर्ण भएकाले जरुरी अवस्थामा लकडाउन लगाउन पनि आदेश दिएकाे छ।
कात्तिक २८, २०७८ आइतबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।