आज विश्वकप फाइनल : न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दै

आज विश्वकप फाइनल : न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकप आजबाट समापन हुँदैछ। आज साँझ ७:४५ बाट सुरु हुने अष्ट्रेलिया र न्युजिल्याण्डबीचकाे फाइनल खेलसँगै एक महिनायता चलेकाे विश्वकप समापन हुन लागेकाे हाे।

दुवै टोली उपाधिकाे बलियाे दाबेदार हुन्। दुवै टोली आआफ्नाे समूहकाे उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। अष्ट्रेलियाले पाकिस्तान र न्युजिल्याण्डले इंग्ल्याण्डलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।

पछिल्लाे समय न्युजिल्याण्ड बलियाे टोलीकाे रूपमा उदाएकाे छ। न्युजिल्याण्ड सन् २०१५ र २०१९ काे एकदिवसीय विश्वकप फाइनलमा पुग्न सफल भएकाे थियाे भने केही महिनाअघि सम्पन्न विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेकाे थियाे।

यता अष्ट्रेलियाले पनि पाकिस्तानलाई हराएपछि उच्च मनाेबलसहित फाइनल खेल्ने विश्वास गरिएकाे छ। डेभिड वार्नर पुनः फर्ममा आएसँगै र बलिङतर्फ एडम ज्याम्पाले उत्कृष्ट प्रदर्शन गर्न थालेसँगै अष्ट्रेलियाली टीमले लय समातेकाे छ।

यता न्युजिल्याण्डका ड्यारिल मिचेल पनि उत्कृष्ट फर्ममा छन्। इंग्ल्याण्डविरुद्ध उनकाे शानदार ७४ रनकाे पारीले न्युजिल्याण्डलाई फाइनलसम्म डोहाेर्याएकाे थियाे।   

कात्तिक २८, २०७८ आइतबार ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।