१४ औँ महाधिवेशनले सही नेतृत्व चुन्ने काँग्रेस नेता पौडेलको दाबी

सिन्धुपाल्चोक : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताएका छन्। उनले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२ औँ पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा पौडेलले जनताको भरोसाको पार्टी बनाउन आसन्न महाधिवेशनले ठुलो भूमिका खेल्ने बताएका थिए।
उनले आगामी १४ औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताएका थिए। देशलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको बताएका थिए।
कात्तिक २७, २०७८ शनिबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।