अमेरिकी राष्ट्रपति बाइडेनसँग चिनियाँ राष्ट्रपति सीले भिडियो संवाद गर्ने

अमेरिकी राष्ट्रपति बाइडेनसँग चिनियाँ राष्ट्रपति सीले भिडियो संवाद गर्ने

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङबीच भिडियो संवाद हुने भएको छ।

नोभेम्बर १६ मा बेइजिङको समय अनुसार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनसँग चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले भिडिओ लिङ्कमार्फत संवाद गर्ने कार्यक्रम रहेको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङका अनुसार राष्ट्रपति सीले बाइडेनसँग चीन-अमेरिका बीचको द्विपक्षीय सम्बन्ध बारे विचार आदानप्रदान गर्नेछन्। साथै साझा चासोका मुद्दाहरूमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विश्वका दुई शक्तिशाली देशका राष्ट्रध्यक्षबीच हुन लागेको भिडियो संवादलाई सम्बन्ध सुधारको रूपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कात्तिक २७, २०७८ शनिबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।