दिल्लीमा विषाक्त तुँवालाे, आपत्कालीन उपाय अपनाउने तयारी

तापमान तथा हावाकाे गतिमा कमी आउँदा नयाँ दिल्लीकाे बिग्रँदाे अवस्था रहेकाे छ।
दिल्लीकाे भिजिविलिटी पनि कम भएकाे छ भने हावाकाे गुणस्तर नाप्ने एयर क्वालिटी इन्डेक्सअनुसार दिल्लीकाे प्रदुषणले ५०० मा ४७० काे आँकडा छोइसकेकाे छ। यो तहकाे प्रदुषणले दीर्घराेगीलाई त असर पर्छ नै स्वस्थ व्यक्तिलाई पनि असर गर्नेछ।
प्रदुषण नियन्त्रण बाेर्डका अनुसार आगामी ४८ घण्टासम्म हावामा प्रदुषणकाे मात्रा यस्तै रहेमा आपत्कालीन उपाय अपनाउनु पर्नेछ। तिनमा विद्यालय बन्द गर्नेदेखि सवारीमा जाेर विजाेर प्रणाली लागू गर्नेसम्मकाे रहनेछ। यस्तै सबै प्रकारकाे निर्माण कार्यमा राेक लगाउनु पर्नेछ।
बाेर्डले शुक्रबार निजी तथा सरकारी कार्यालयलाई ३० प्रतिशतले सवारी साधन कम प्रयाेग गर्न अनुराेध गरेकाे छ। यस्तै शहरबासीलाई घरभित्रै रहन पनि अनुराेध गरेकाे छ।
नाेभेम्बर १८ सम्म दिल्लीकाे हावा यस्तै विषाक्त रहने बाेर्डले प्रक्षेपण गरेकाे छ।
कात्तिक २७, २०७८ शनिबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।