अमेरिकी पत्रकारलाई म्यान्मारमा ११ वर्षकाे जेल सजाय

एजेन्सीः म्यान्मारकाे सैनिक अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई ११ वर्षकाे जेल सजाय ताेकेकाे छ। फेन्स्टरविरुद्ध अध्यागमनसम्बन्धी कानून ताेडेकाे, गैरकानूनी सम्बन्ध राखेकाे र सेनाविरुद्धकाे असहमतिलाई बढावा दिएकाे अभियाेग लागेकाे छ।
गत साता पनि उनलाई आतंकवाद र विद्राेहकाे मुद्दा चलाइएकाे थियाे। यी मुद्दामा जन्मकैदकाे व्यवस्था रहेकाे छ। उनकाे मुद्दामा १६ नाेभेम्बरबाट सुनुवाइ हुनेछ।
३७ वर्षीय फेन्स्टर 'फ्रन्टियर म्यान्मार' नामक अनलाईन सञ्चारमाध्यमका व्यवस्थापक सम्पादक थिए। उनलाई याङगुन विमानस्थलमा गत मे महिनामा पक्राउ गरिएकाे थियाे। गत फेब्रुअरीमा सैनिक कू भएयता फेन्स्टर प्रहरी हिरासतमा रहेका दर्जनाैं पत्रकारमध्ये एक हुन्।
फ्रन्टियर म्यान्मारका अनुसार फेन्स्टरले यसअघि 'म्यान्मार नाउ' नामक सञ्चारमाध्यममा काम गरेका थिए। याे सञ्चारमाध्यमले सैनिक कूकाे जमेर विराेध गर्ने गरेकाे थियाे।
कात्तिक २६, २०७८ शुक्रबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।