प्रतिताेला ४ सयले बढ्यो सुनको मूल्य

काठमाडाैंः नेपाली बजारमा आज सुन ताेलामा ४ सयले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलामा ९४ हजार ४ सय कायम भएकाे छ।
बिहीबार छापावाल सुन प्रतिताेला ९४ हजारमा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहेकाे छ।
यस्तै आज चाँदीकाे मूल्यमा पनि प्रतिताेला १५ रुपैयाँले वृद्धि भएकाे छ। आज चाँदी ताेलामा एक हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ।
कात्तिक २६, २०७८ शुक्रबार १२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।