ब्राजिल सन् २०२२ काे विश्वकप फुटबलमा छनाेट

काठमाडाैंः सन् २०२२ मा कतारमा हुने विश्वकपमा ब्राजिल छनाेट भएकाे छ। हिजाे भएकाे खेलमा काेलम्बियालाई १-० गाेलअन्तरले पराजित गर्दै ब्राजिल विश्वकपमा छनाेट भएकाे हाे।
छनाेट चरणअन्तर्गतकाे १२ खेलमा ११ मा जित र १ मा बराबरी गर्दै ब्राजिलले विश्वकपमा स्थान बनाएकाे हाे। यसअघि युराेपबाट जर्मनी र डेनमार्क विश्वकपमा छनाेट भइसकेका छन्। जर्मनी छनाेट चरण खेलेर विश्वकप २०२२ मा स्थान बनाउने पहिलाे टोली बनेकाे थियाे।
कतार आयाेजक राष्ट्रकाे हैसियतले छनाेट भइसकेकाे छ। यस्तै ब्राजिल दक्षिण अमेरिकाबाट विश्वकपमा छनाेट हुने पहिलाे टोली बनेकाे छ।
अर्जेन्टिना पनि ब्राजिललाई पछ्याउँदै विश्वकपमा छनाेट हुने बाटोमा छ। कूल ११ खेलमा अर्जेन्टिना ७ जित र ४ बराबरीसँगै अंकतालिकामा ब्राजिलपछि दाेश्राे स्थानमा छ।
कात्तिक २६, २०७८ शुक्रबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।