टी ट्वान्टी विश्वकपको फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

काठमाडौँ : आइसिसी टी ट्वान्टी विश्वकप अन्तर्गतको पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन्।
पहिलो सेमिफाइनल खेल बुधबार राति पौने ८ बजे अबुधावीमा हुनेछ।
इंग्ल्याण्ड समूह ए बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्दा न्यूजिल्याण्ड समूह बीको उप विजेता बनेको थियो। इंग्ल्याण्ड समूह एमा वेस्टइन्डिजसँग मात्रै पराजित भएको थियो। तर वेस्टइन्डिज समूह चरणबाटै आउट भयो।
समूह बीमा न्यूजिल्याण्ड पाकिस्तानसँग मात्रै पराजित भएको टिम हो। भोलि बिहीबार राति दोस्रो सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया आमने सामने हुने छन्। पाकिस्तान समूह बीको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्दा अस्ट्रेलिया समूह एको उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो।
अस्ट्रेलिया समूह चरणमा इंग्ल्याण्डसँग पराजित भएको थियो भने पाकिस्तानले समूह बीमा शतप्रतिशत जित निकालेको थियो। सेमिफाइनल विजेता टिम फाइनल प्रवेश गर्नेछ।
कात्तिक २४, २०७८ बुधबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।