छठका व्रतालुलाई मन्त्रीले पैसा र साडी बाँडे

छठका व्रतालुलाई मन्त्रीले पैसा र साडी बाँडे

जनकपुर : प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई पैसा र साडी बाँडेका छन्।

उनले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० का व्रतालुहरूलाई ५५ हजार रुपैयाँ र १ सय १० थान सारी बाँडेका हुन्। उनले एक सय १० जना व्रतालुलाई प्रतिव्यक्ति ५ रुपैयाँ र एक थान साडी दिएका थिए।

मन्त्री साहले छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन प्रोत्साहन गर्न सानो सहयोग गरेको बताएका थिए।

छठ पर्वको जगेर्नामा मधेसका महिलाको ठुलो योगदान रहेको चर्चा गर्दै प्रदेश सरकार सबै जातजातिको सांस्कृतिक पर्वको संरक्षणमा प्रतिबद्ध रहेको उनले बताएका थिए।

कात्तिक २३, २०७८ मंगलबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।