विश्व साइकल यात्री पुष्करले सातौँ नेपालगन्ज म्याराथनको स्कटिङ गर्ने

विश्व साइकल यात्री पुष्करले सातौँ नेपालगन्ज म्याराथनको स्कटिङ गर्ने

नेपालगन्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगन्ज साइक्लिङ क्लबले स्वकटिङ गर्दै आएको छ। आयोजक क्रियटिभ ह्याण्डस्ले पर्यावरणतर्फ ध्यान दिँदै म्याराथनको धावकको साइकलबाट स्वकटिङ गराउँदै आएको छ। गत वर्षको म्याराथन विजेता गोपीचन्द्र पार्कीको साइकल यात्री यमलाल रसाइलीले स्वकटिङ गरेका थिए।

एक जना म्याराथन धावकको एक जना साइकल यात्रीबाट स्वकटिङ हुने गर्दछ। क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले यसपालिको म्याराथनका अगुवाको विश्व साइकल यात्री शाहले स्वकटिङ गर्ने जानकारी दिए। 

अध्यक्ष ठकुरीले विश्व साइकल यात्री शाहले नेपालगन्ज म्याराथनका धावकको स्वकटिङ गर्ने कुराले आयोजकलाई थप हौसला बढेको बताएका थिए।

नेपालगन्ज म्याराथनमा देशका चर्चित धावकहरू दौडिने गर्दछन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका धावकहरू नेपालगन्ज म्याराथनमा सहभागी हुने गरेका छन्। फूल म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) मा देशकै चर्चित धावकहरू दौडिदा १० किलोमिटर, ५ किलोमिटरमा लामो दौडको अभ्यास गरिरहेकाहरू दौडिने गर्दछन्। 

कर्पोरेट रन र वाकाथनमा सहरका परिचित व्यक्तित्वहरूको सहभागिता रहँदै आएको छ। क्रियटिभ ह्याण्डस्का अध्यक्ष ठकुरीले म्याराथन केवल दौड मात्रै नभएर यो सहर चिनाउने अभियान भएको बताए।

उनले यसपालि नेपालगन्जको सुर्खेत रोडमा सात हजार मानिसलाई दौडाउने तयारी भएको जानकारी दिए।

सातौँ धारा नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने तय भइसकेको छ। यसपालिको म्याराथनमा अभिनेता राजेश हमाल दौडिँदै छन्। नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीका बिचमा मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष मङ्सिरको पहिलो हप्ताको शनिवार नेपालगन्ज म्याराथन हुँदै आएको छ। 

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए। 

कात्तिक २३, २०७८ मंगलबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।