सुनकाे मूल्य ताेलमा २ सयले घट्याे

काठमाडाैंः आज नेपाली बजारमा सुनकाे मूल्य ताेलामा दुई सयले घटेकाे छ। हिजाे एकैदिन ताेलामा एक हजार पाँच सयले बढेकाे सुन आज ताेलामा दुई सयले घटेकाे छ।
आज नेपाली बजारमा छापावाल सुनकाे मूल्य प्रतिताेला ९२ हजार ३ सय कायम भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनकाे मूल्य भने ९१ हजार ८ सय कायम भएकाे छ।
यता चाँदीकाे मूल्य भने स्थिर भएकाे छ। आज चाँदी प्रतिताेला एक हजार दुई सय ५० कायम भएकाे छ।
कात्तिक २३, २०७८ मंगलबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।