न्युजिल्याण्डलाई ‍२०१९ को विश्वकप फाइनलको बदला लिने अवसर

न्युजिल्याण्डलाई ‍२०१९ को विश्वकप फाइनलको बदला लिने अवसर

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपकाे सेमिफाइनल चरणका खेलहरू भाेलिबाट सुरु हुँदैछ। भाेलि सन् २०१९ काे एकदिवसीय विश्वकप विजेता इंग्ल्याण्ड र सन् २०२१ काे विश्व टेस्ट च्याम्पियनसिप विजेता न्युजिल्याण्ड भिड्दैछन्। 

यी दुई टोलीबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ। यी दुवै टोलीले सुपर १२ मा एक-एक हार व्यहाेरेका थिए। न्युजिल्याण्ड पाकिस्तानसँग हारेकाे थियाे भने इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग हारेकाे थियाे। 

न्युजिल्याण्डले सन् २०१९ काे विश्वकप फाइनलमा व्यहाेरेको हारले अधिकांश क्रिकेट प्रेमी खिन्न भएका थिए। सामान्यतया खेल बराबरीमा सकिँदा सुपर ओभरमार्फत विजेताकाे टुंगाे लगाइने भए पनि सुपर ओभर नै बराबरी भएकाे उक्त फाइनल इंग्ल्याण्डले जितेकाे थियाे। खेलमा सर्वाधिक चाैका र छक्का प्रहार गर्ने टोलीलाई विजेता घोषणा गरिएकाे थियाे। 

यता न्युजिल्याण्ड सन् २०१५ मा पनि फाइनलमै हारेकाे थियाे। अष्ट्रेलियामा सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डकाे लज्जास्पद हार भएकाे थियाे। 

भाेलि हुने सेमिफाइनल खेल भने न्युजिल्याण्डलाई यी दुखद् क्षण बिर्साउने अवसर बन्न सक्नेछ। तुलनात्मकरूपमा फर्ममै रहेकाे टोलीलाई भाेलिकाे खेलमा इंग्ल्याण्डका विस्फाेटक ब्याट्सम्यान जेसन राेयकाे अनुपस्थिती फाइदाजनक हुने सम्भावना छ। 

यता हालसम्मकाे स्ट्याट्स हेर्ने हाे भने टी ट्वेन्टीमा इंग्ल्याण्डले न्युजिल्याण्डविरुद्ध दबदबा राखेकाे छ। हालसम्म २० खेल हुँदा १३ इंग्ल्याण्डले जितेकाे छ भने ७ खेल न्युजिल्याण्डले जितेकाे छ। 

 

 

कात्तिक २३, २०७८ मंगलबार ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।