नामिबियाविरुद्ध ९ विकेटकाे जित निकाल्दै भारतकाे विश्वकप यात्रा अन्त्य

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा भारतकाे यात्रा अन्त्य भएकाे छ। गए राति सम्पन्न नामिबियाविरुद्धकाे खेलसँगै यस विश्वकपबाट भारतकाे यात्रा टुंगिएकाे छ।
गए राति सम्पन्न खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेकाे छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकाे भारतले नामिबियालाई निर्धारित २० ओभरमा ८ विकेटकाे क्षतिमा १३२ रनमै समेट्याे।
जवाफी ब्याटिङमा उत्रिएकाे भारतले १५ ओभर २ बलमै लक्ष्य भेटाएकाे थियाे।
भारतकाे जितका लागि राेहित शर्मा र केएल राहुलले अर्धशतकीय पारी खेले। यस्तै बलिङतर्फ रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले समान ३-३ विकेट लिए।
याेसँगै विश्वकपमा सुपर १२ अन्तर्गतकाे खेलहरू सकिएकाे छ। अब भाेलि साँझ ७:४५ मा इंग्ल्याण्ड र न्युजिल्याण्डविरुद्ध सेमिफाइनल खेल हुँदैछ।
कात्तिक २३, २०७८ मंगलबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।