नेप्से १९ अङ्कले घट्यो, कारोबार ४ अर्ब ४२ करोड

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १९.२० अङ्कले घटेर परिसूचक २८२९.६४ मा कायम भएको छ।
सोमबार २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँमा किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ। कारोबार भएका १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको सेयर मूल्य बढेको छ। १० उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ। वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अङ्कले बढेको छ ।
त्यस्तै, बैङ्किङ १९.९६, व्यापार १४.७६, होटेल तथा पर्यटन २९.६५, विकास बैङ्क ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बिमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बिमा १००.०४ अङ्कले घटेको छ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैङ्क शीर्ष स्थानमा छ। बैङ्कको ५२ करोड १० लाख ३ हजार ५९० बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, नबिल बैङ्कको ३० करोड ३३ लाख २९ हजार, आइसिएफसी फाइनान्सको २२ करोड ४० लाख ८१ हजार ५२१, नेशनल हाइड्रोपावरको १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ८ लाख ४० हजार ४२५ बराबरको सेयर कारोबार भएको छ।
कात्तिक २२, २०७८ सोमबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।