जलवायु परिवर्तनसम्बन्धी काेप-२६ सम्मेलनमा जीवाशेष इन्धन उद्याेगका प्रतिनिधिकाे दबदबा

जलवायु परिवर्तनसम्बन्धी काेप-२६ सम्मेलनमा जीवाशेष इन्धन उद्याेगका प्रतिनिधिकाे दबदबा

एजेन्सीः स्कटल्याण्डकाे ग्लास्गाे शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी काेप-२६ सम्मेलनमा कुनै देशविशेषका भन्दा जीवाशेष इन्धन उद्याेगका प्रतिनिधि धेरै सहभागी भएका छन्। ग्लाेबल विटनेस नामक संस्थाकाे नेतृत्त्वमा अभियन्ताहरूले संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेकाे प्रतिनिधिहरूकाे सूची अध्ययन गर्दा यस्ताे भेटिएकाे हाे। 

अभियन्ताहरूले सम्मेलनमा ५०३ जना जीवाशेष इन्धन उद्याेगका प्रतिनिधि रहेकाे फेला पारेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएकाे छ। यी प्रतिनिधि इन्धन तथा ग्यास उद्याेगकाे वकालत गर्न सम्मेलनमा सहभागी भएकाे अभियन्ताहरूकाे आराेप छ। यस्तै उनीहरूलाई प्रतिबन्ध लगाइनुपर्ने पनि आवाज उठेकाे छ। 

ग्लाेबल विटनेसका अभियन्ताहरूले यी उद्याेगका प्रतिनिधिकै प्रभावका कारण २५ वर्षयताकाे संयुक्त राष्ट्रसंघकाे जलवायुसम्बन्धी सम्मेलनले ठाेस उपलब्धि हासिल गर्न नसकेकाे आराेप लगाएका छन्। 

करिब ४० हजार व्यक्ति काेप-२६ सम्मेलनमा सहभागी हुँदै छन्। जसमध्ये ब्राजिलकाे टोली सबैभन्दा ठूलाे रहेकाे छ। संयुक्त राष्ट्रसंघकाे तथ्यांकअनुसार ब्राजिल ४७९ प्रतिनिधिसहित सम्मेलनमा सहभागी भएकाे छ। 

कात्तिक २२, २०७८ सोमबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।