विश्वकप: भारतले आज नामिबियाविरुद्ध औपचारिक खेल खेल्ने

विश्वकप: भारतले आज नामिबियाविरुद्ध औपचारिक खेल खेल्ने

काठमाडाैंः टी ट्वेन्टी विश्वकपअन्तर्गत सेमिफाइनल समीकरण पूरा भइसकेकाे छ। न्युजिल्याण्ड,पाकिस्तान,इंग्ल्याण्ड र अष्ट्रेलियाले अन्तिम ४ मा आआफ्नो स्थान बनाइसकेका छन्। 

यद्यपि, समूह २ अन्तर्गतकाे एक खेल भने बाँकी नै छ। आज भारत र नामिबिया एक अर्काविरुद्ध भिड्दैछन्। 

खेल नेपाली समयअनुसार साँझ ७:४५ बाट सुरु हुनेछ। खेलकाे हारजितले प्रतियाेगितामा फरक नपर्ने भए पनि दुवै टोली औपचारिकताकाे लागि भिड्ने भएका हुन्। 

आज भारत सेमिफाइनल पुग्न नसकेकाे पीडा भुलाउन जितसँगै प्रतियाेगिताकाे अन्त्य चाहन्छ भने नामिबिया पनि विश्वकपमा भारत जस्ताे बलियाे टोलीलाई हराएर इतिहास रच्ने दाउमा हुनेछ। 

टी ट्वेन्टी विश्वकपमा भारत ९ वर्षयता पहिलाे पटक सेमिफाइनल पुग्न वञ्चित भएकाे हाे।  

कात्तिक २२, २०७८ सोमबार ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।