अमेरिकाले खाेल्याे २० महिना लामाे सीमाबन्दी

अमेरिकाले खाेल्याे २० महिना लामाे सीमाबन्दी

एजेन्सीः अमेरिकाले २० महिना लामाे सीमाबन्दी आजबाट खाेल्दैछ। काेराेना भाइरसका कारण यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएकाे सीमाबन्दी आजबाट खुल्ने भएकाे हाे।

यद्यपि विदेशी यात्रुकाे हकमा काेराेनाविरुद्धकाे दुवै डोज खाेप लगाएकालाई मात्र प्रवेश गर्न दिइनेछ।

विमान सेवा कम्पनीहरू बन्दी खुलेसँगै यात्रु अत्याधिक मात्रामा हुने आँकलन गरिरहेका छन्।

अमेरिकाले काेराेना भाइरस सङ्क्रमण राेकथामका लागि सर्वप्रथम चीनबाट यात्रा गर्नेहरूलाई निषेधाज्ञा लगाएकाे थियाे भने क्रमशः अन्य मुलुकका यात्रुलाई पनि अमेरिका प्रवेश गर्न राेक लगाएकाे थियाे।

यसअघि अष्ट्रेलियाले १९ महिना लामाे सीमाबन्दी खाेलेकाे थियाे।

कात्तिक २२, २०७८ सोमबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।