बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासकाे मत लिने

काठमाडाैंः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासकाे मत लिने भएका छन्। दिउँसो ३ बजे बस्ने बागमती प्रदेश सभाको बैठकमार्फत मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिने भएका हुन्।
मुख्यमन्त्री पाण्डेको विश्वासको मत लिने प्रस्तावमाथि आजै मत विभाजन गराउने तयारी गरिएको प्रदेश सभाका सचिव कृष्णहरि खड्का बताएका छन्। नेकपा एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा गत कात्तिक ११ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्रीमा पाण्डेलाई माओवादीका २३, कांग्रेसका २२, समाजवादीका १३ र जसपाका १ गरी ५९ सांसदकाे समर्थन रहेकाे थियाे। यही समीकरण कायम रहे पाण्डेले सहजै विश्वासकाे मत प्राप्त गर्नेछन्।
बागमती प्रदेश सभामा बहुमतका लागि ५५ जना सांसदकाे समर्थन आवश्यक हुन्छ।
कात्तिक २२, २०७८ सोमबार ०८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।