विश्वकपकाे सेमिफाइनल समीकरण पूरा, पाकिस्तानले हरायाे स्कटल्याण्डलाई

काठमाडाैंः टी ट्वेन्टी विश्वकपकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ। हिजाे सम्पन्न न्युजिल्याण्ड र अफगानिस्तानबीचकाे खेलमा न्युजिल्याण्ड विजयी भएसँगै सेमिफाइनल खेल्ने टोलीकाे टुंगाे लागेकाे हाे।
सेमिफाइनलमा समूह १ बाट इंग्ल्याण्ड समूह विजेता र अष्ट्रेलिया उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्। यता समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्याण्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्।
अब अन्तिम ४ मा इंग्ल्याण्डले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
सेमिफाइनलअन्तर्गत इंग्ल्याण्ड र न्युजिल्याण्डबीचकाे खेल बुधबार साँझ ७:४५ बाट सुरु हुनेछ। पाकिस्तान र अष्ट्रेलिया बिहीबार साँझ ७:४५ मा भिड्नेछन्।
यस्तै गए राति सम्पन्न खेलमा पाकिस्तानले स्कटल्याण्डलाई ७२ रनले पराजित गरेकाे छ। कप्तान बाबर आजम चम्किँदा पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटकाे क्षतिमा १८९ रन बनाएकाे थियाे।
जवाफी ब्याटिङमा उत्रिएकाे स्कटल्याण्ड २० ओभरमा ६ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो।
कात्तिक २२, २०७८ सोमबार ०७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।