सेमिफाइनलमा न्युजिल्यान्ड, भारतलाई सघाउन सकेन अफगानिस्तानले

काठमाडौँ : न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटको पराजित गरेसँगै सेमिफाइनल खेल्ने भारतको इच्छा अपुरो भएको छ।आजको जितसँगै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।
सेमिफाइनलमा पुग्न भारतलाई अफगानिस्तानकै भर थियो। अफगानिस्तानले न्युजिल्यान्डलाई रन रेटको आधारमा भारत सेमिफाइनल पुग्न सक्थ्यो।
तर अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो।न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन जोडेका थिए।
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो।
अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले ७३ रन बनाएका थिए। उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए। गुल्बदिन नाइबले १५ र कप्तान मोहम्मद नाबीले १४ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरी अंकमा रन जोड्न सकेनन्।
न्युजिल्यान्डका ट्रेन्ड बोल्टले तीन, टिम साउथीले दुई र ईश सोधी, जेम्स निसम र एडम मिल्नेले एक-एक विकेट लिएका थिए।
कात्तिक २१, २०७८ आइतबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।